अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक महत्वपूर्ण निर्णय गर्दै बिहीबार ‘ट्रम्प गोल्ड कार्ड’ नामक नयाँ भिसा कार्यक्रमको औपचारिक सुरुवात गरेको छ। संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले कम्तीमा १० लाख अमेरिकी डलर तिर्ने विदेशीहरूलाई लक्षित गर्दै द्रुत गतिमा अमेरिकाको विशेष भिसा दिने योजना सुरु गरेको छ।
ट्रम्पले बुधवार सामाजिक सञ्जालमा लेख्दै यो कार्ड किन्ने सबै “योग्य र जाँच गरिएका” व्यक्तिहरूले अमेरिकी नागरिकताका लागि “सोझै बाटो” पाउने जनाएको छ। उनका अनुसार यो योजनाले अमेरिकी कम्पनीहरूलाई आफूसँग भएका ‘मूल्यवान् र प्रतिभाशाली’ व्यक्तिहरूलाई आफूसँगै राख्न दिने छ।
ट्रम्पले अमेरिका आप्रवासन गर्न चाहने धनाढ्य विदेशीहरूका लागि यस्तो विशेष भिसाको व्यवस्था यो वर्षको आरम्भतिर घोषणा गरेका थिए। यसलाइ ‘ट्रम्प गोल्ड कार्ड’ भनिएको छ।गोल्ड कार्ड सार्वजनिक गर्दै राष्ट्रपति ट्रम्पले यसलाई आफ्नो कार्यकालको एक ठूलो उपलब्धि भएको बताए। उनले भने, ‘यो मेरो र देशको लागि धेरै खुसीको कुरा हो कि हामीले भर्खरै ट्रम्प गोल्ड कार्ड सुरु गरेका छौं। यो हाम्रो देशमा कुनै उत्कृष्ट व्यक्तिलाई ल्याउने एउटा उपहार हो।’
