आइतबार, नेपाली बजारमा सुनको मूल्यले  नयाँ रेकर्ड बनाएको छ। गत शुक्रबार बनाएको रेकर्डलाई तोड्दै, सुनको मूल्यले यस दिन  नयाँ रेकर्ड बनाएको छ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला १ लाख ७६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार यस्तो सुन प्रतितोला १ लाख ७६ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। अघिल्लो दिनको तुलनामा यस दिन सुनको मूल्य प्रतितोला ६०० रुपैयाँ बढेको छ।

यस दिन चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँ घटेको छ। गत शुक्रबार तोलाको २ हजार ४० रुपैयाँमा कारोबार भएको चाँदी, यस दिन २ हजार २५ रुपैयाँमा कारोबार भइरहेको छ।

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *