काठमाडौं – पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवास जाने बाटोमा तनावग्रस्त अवस्था सिर्जना भएको छ। स्थानीयबासी आन्दोलित भएपछि आज बिहानै प्रहरी बिट तोडफोड गरिएको छ। स्रोतका अनुसार, लामो समयदेखि सडक मर्मत, बाटो विस्तार र अत्यधिक ट्राफिक जामका कारण स्थानीय असन्तुष्ट हुँदै आएका थिए। गुनासो सुन्ने कोही नभएको र आन्दोलनलाई बेवास्ता गरिएकै कारण शुक्रबार राति/आज बिहानै स्थानीय युवाहरुको समूहले प्रहरी बिटमा तोडफोड गरेको बताइएको छ। घटनापछि थप प्रहरी परिचालन गरिएको छ भने सडक क्षेत्रमा व्यापक सुरक्षा व्यवस्था कडा पारिएको छ। प्रहरी प्रशासनले शान्ति सुव्यवस्था कायम गर्न छलफलमार्फत समस्या समाधान गर्ने बताएको छ। यस घटनाले प्रधानमन्त्रीको निवास क्षेत्रको सुरक्षाप्रति पनि प्रश्न उठाएको छ। स्थानीय आक्रोश बढ्दै गए यसले थप ठूलो आन्दोलनमा रुप लिन सक्ने अनुमान गरिएको छ।
