काठमाडौं: काठमाडौं महानगरपालिका–२६ स्थित गोंगबु क्षेत्रमा सञ्चालन भइरहेका स्पा तथा मसाज सेन्टरमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि अनुगमन गरिएको थियो। बालश्रम, मानव बेचबिखन तथा सम्भावित यौन शोषणलगायतका गतिविधि नियन्त्रण गर्ने उद्देश्यले सम्बन्धित निकायको सहभागितामा अनुगमन गरिएको थियो।

काठमाडौं महानगरपालिका–२६ को मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण समितिको अगुवाइमा गरिएको अनुगमनमा स्पा तथा मसाज सेन्टरमा कार्यरत कर्मचारीको अवस्था, व्यवसाय सञ्चालनको प्रकृति तथा सम्भावित जोखिमका विषयमा जानकारी लिइएको थियो। अनुगमनका क्रममा कानुनविपरीतका गतिविधि हुन नदिन व्यवसायी तथा सञ्चालकलाई आवश्यक निर्देशनसमेत दिइएको जनाइएको थियो।

यस विषयमा द पावर न्युज डटकमले अगस्ट २१, २०२६ मा आफ्नो फेसबुक तथा समाचार माध्यममार्फत अनुगमनसम्बन्धी फोटो तथ भिडियो समाचार प्रकाशन तथा प्रसारण गरेको थियो। उक्त भिडियो सामग्री भने सूचना विभागबाट टेलिफोनमार्फत प्राप्त निर्देशनपछि हटाइएको द पावर न्युज डटकमले जनाएको छ।

सूचना विभागबाट २०८३/०५/१५ गते सोमबार बिहान १० बजे , ०१–५९१९६७८ नम्बरको टेलिफोनमार्फत प्राप्त निर्देशनअनुसार अनुगमनसम्बन्धी उक्त भिडियो सामग्री हटाइएको जानकारीसमेत सम्बन्धित निकायलाई गराइएको छ। द पावर न्युज डटकमले उक्त सामग्री हटाइसकेको स्पष्ट पार्दै आगामी दिनमा सोही सामग्री अन्य कुनै व्यक्ति, संस्था वा सञ्चारमाध्यमबाट पुनः प्रसारण वा प्रकाशन भएमा त्यसप्रति द पावर न्युज डटकम जवाफदेही नरहने जानकारी सूचना विभागलाई गराएको जनाएको छ।

Similar Posts