काठमाडौं सहित देशका विभिन्न ठाउँमा छठ पूजा गरिएको छ। देशका विभिन्न स्थानमा आज हर्सोल्लासपूर्वक सूर्यको पूजा आराधना गरी छठपर्व मनाइएको छ। बिहीबार साँझ काठमाडौंको गौरीघाटमा पनि भक्तजनहरू अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व मनाएका छन्। काठमाडौंमा बसोबास गर्दै आएका तराईवासीले यहींका छठघाटमा पूजा आराधना गर्दै आएका छन् । काठमाडौंका बागमती, विष्णुमतीलगायत नदीमा ठाउँठाउँमा छठ पूजास्थल बनाइएको छ भने कमलपोखरी लगायतका जलाशयमा पनि छठपूजा गरिएको छ ।

सूर्य भगवानलाई अर्घ्य दिन तराई मधेस सहित काठमाडौंका नदी, तलाउ, पोखरी, ईनार लगायतको जलाशयको किनारमा घाटलाई विशेष रुपले श्रृंगारिएका छन्। मूख्यतः जनकपुरको धार्मिक तथा ऐतिहासिंक पोखरी तलाउ गंगासागर, धनुषसागर, अंगराजसर, दशरथ तलाउ, गोरधोइ पोखरी, कामिनी सर, रत्नसागर लगातका पोखरीलाई सजाएर झकिझकाउ बनाइएको छ।  घाटहरूमा लगाइएको झिलिमिली बत्तीले रातिको समयमा झनै मनमोहक देखिन्छ।

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *