१२ भदौ, काठमाडौं : प्रा.डा. गोविन्द केसीले यही भदौ १५ गते आइतबारदेखि सत्याग्रह सुरु गर्ने भएका छन् । सरकारले हालै निजी मेडिकल कलेजहरुमा सिट बढाउने निर्णय फिर्ता लिन माग गर्दै आएका केसीले फिर्ता नभएपछि सत्याग्रह गर्न लागेका हुन् । मेडिकल शिक्षा सुधारको लागि लामो समयदेखि सत्याग्रलगायत दबाबमुलक अभियान चलाउँदै आएका केसीले पुन: सुरु गर्ने घोषणा गरेका छन् ।
