२४ भदौ, काठमाडौं :  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा बन्द गरिएको छ ।  गोठाटार क्षेत्र लगायत आसपासमा निरन्तर आगलागी र अन्य आकस्मिक परिस्थिति भएको कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द  जानकारी जनाइएको छ नेपाल नागरिक उड्डयन प्राधिकरणका एक उच्च अधिकारीका अनुसार गोठाटारसहितका क्षेत्रमा निरन्तर आगलागीका घटना भइरहेको र अन्य परिस्थिति पनि हवाई सुरक्षा प्रतिकुल बन्दै गएसँगै विमानस्थल बन्द गरिएको  हो । आकासमा रहेका जहाजलाई अवतरण गर्न दिने र थप उडानहरू नहुने गरी विमानस्थल बन्द गर्न लागिएको ती अधिकारीले जानकारी दिए । सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि आन्दोलनमा उत्रिएका जेनजीका युवाहरूमाथि हिजो प्रहरीले चरम दमन गरेको थियो।  साथै प्रहरीले चलाएको गोली लागेर कम्तिमा पनि १९ जना प्रदर्शनकारीको मृत्यु भएको छ ।

Similar Posts