२६ भदौ, काठमाडौं । विश्वकपको दक्षिण अमेरिकी छनोटअन्तर्गत बुधबार बिहान भएको खेलमा ब्राजिल पाराग्वेसँग स्तब्ध भएको छ ।
पाराग्वेले ब्राजिललाई १-० ले पराजित गरेको हो ।
पाराग्वेका लागि डिएगो गोमेजले निर्णायक गोल गरे । गोमेजले खेलको २०औं मिनेट उत्कृष्ट गोल गर्दै पारग्वेलाई अग्रता दिलाएका थिए । त्यसपछि थप गोल नहुँदा त्यही गोल निर्णायक बन्यो । छनोटमा दोस्रो जित निकालेको पारग्वे ८ खेलबाट ९ अंकसहित सातौं स्थानमा उक्लेको छ । ब्राजिलक यो चौथो हार हो । ८ खेलबाट १० अंक रहेको ब्रानिल पाँचौ स्थानमै छ । अर्जेन्टिना ८ खेलबाट १८ अंकसहित शीर्ष स्थानम छ । समान खेलबाट १६ अंकसहित कोलम्बिया दोस्रो स्थानमा छ ।