काठमाडौँ  : मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मुख्यसचिव एकनारायण अर्यालले उक्त प्रारम्भिक क्षतिको जानकारी दिएका हुन् । प्रधानमन्त्री ओलीले उक्त त्रासदीपूर्ण बाढी–पहिरो आउने पूर्वानुमान तर पूर्वतयारी दुवै नभएको जिकिर गरेका छन् ।  सरकारलेले असोज ११ र १२ गतेको बाढी–पहिरोबाट विभिन्न जिल्लामा गरेर करिब १७ अर्ब रुपैयाँभन्दा बढीको भौतिक क्षति भएको बताएको छ ।  २१ जिल्ला बाढी, पहिरो र डुबानबाट प्रभावित भएका छन् । ती जिल्लामा गरी कुल २२४ जनाको मृत्यु भएको छ  ।  मौसम पूर्वानुमान महाशाखाले उक्त पूर्वानुमान गरिसकेको थियो र सरकारले पनि सतर्क रहन निर्देशन र मोबाइलमा एसएमएसहरु पठाइरहेको थियो । २४ जना बेपत्ता र १५८ जना घाइते भएका छन्  ।  सरकारले विपद व्यवस्थापनका लागि पूर्व तयारी भने गर्न नसकेको ओलीले स्वीकारेका छन् ।   उनले बाढी, पहिरो र डुबान पीडितको राहत, उद्धार, सहयोग र पुनर्निर्माणको कामका जुट्न आह्वान समेत गरेका छन् ।

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *