दिपक न्यौपाने, काठमाडौ ः बाग्मती प्रदेश स्तरीय जुनियेर आई. टि. एफ तेकेन्दा प्रतियोगीता २०८१ सम्पन्न भएको छ । काठमाडौंको दशरथ रंगशालाको कबड हलमा संचालन भएको कार्यक्रम बिहिबार र शुक्रबार गरि २ दिन संचालन भएको थियो । यस कार्यक्रममा बागमती प्रदेश का ११ वटा जिल्लाका करिब २५० भन्दा बढि खेलाडीहरु सामेल भएका थिए । यस तेक्वान्दो कार्यक्रमले खेलाडीहरुको बौदिक, शारिरिक, मानाशिक क्षमता विकास गर्ने उदेश्य राखि धापासी आई. टि. एफ तेकेन्दा डोजाङले कार्यक्रम सञ्चालन गरेको थियो ।
धापासी आई. टि. एफ तेकेन्दा डोजाङले दुई दिन संचालन गरेको यस कार्यक्रममा बाग्मती प्रदेश स्तरीय आई.टी. एफ. प्रतियोगीता २०८१ मा बाग्मती प्रदेश भित्रका प्रतिभाबान उत्कृष्ट खेलाडी छनौट गर्न यस खेल आयोजना गरिएको जनाएको थियो । यस कार्यक्रम संचालन तथा व्यवस्था पनको खर्च मुख्य रूपमा टोखा नगरपालिका वडा नं ४ रहेको थियो भने Eden Bridge academy, Mills berry school ले पनि व्यवस्थापकिय भुमिका निभाएको थियो।

यस खेलमा प्रथम टिम च्याम्पीयनको उपाधि काभ्रे जिल्लाले पाएको थियोे यस्तै दोस्रो टिम च्याम्पीयन काठमाडौ जिल्लाले पाएको थियो भने तेस्रो टिम च्याम्पीयनको उपाधि ललितपुर जिल्लाले पाएको थियो । प्रमाणपत्र बितरण गर्न क्रममा टोखा नगर पालिकाका प्रमुख प्रसाशकिय अधिकृत शेर बहादुर बि.सि., खेलकुद परिषद् सदस्य अन्जन धमला, खेलकुद परिषद्का प्रसाशकिय अधिकृत सारदा दाहाल रहनु भएको थियो ।

 

यस कार्यकमका प्रमुख अतिथिका रूपमा स्वास्थ तथा जन संख्या मन्त्रि माननिय प्रदिप पौडेल रहनु भएको थियो । साथै विशिष्ठ अतिथिहरुमा टोखा वडा न ४ का वडा अध्यक्ष श्री धनेन्द्र श्रेष्ठ, वडा सदस्य सरोज ठकुरी, अम्विका आचार्य, बबि नर्गजी, तारा वहादुर थापा , वडा सचिब रमिला बुढा W T F का केन्द्रीय सदस्य मनिश जोशी, धापासी डोजाङ्का अध्यक्ष रन्जन श्रेष्ठ, अतिथिहरुमा ओम कृष्ण विमली, रविन्द्र श्रेष्ठ, डेवीट घले, अन्जु रावत गोपाल श्रेष्ठ, कृष्ण गोपाल श्रेष्ठ, तुलसी थापा मगर, अमृत श्रेष्ठ, गोपाल श्रेष्ठ रितिज पुरी, राजेन्द्र लामा कर्णाली प्रदेश तेक्वान्दो W T F का अध्यक्ष दन्त बहादुर शाहि लगाएत महानुभाबहरुको गरिमामय उपस्थिती रहेको थियो ।

धापासी तेक्वान्दो डोजाङले दुई दिन संचालन गरेको यस प्रतियोगीता खेलको समापन टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारी ज्युले गर्नू भएको थियो भने कार्यक्रमको समापन धापासी तेक्वान्दो डोजाङका कोषध्यक्ष एबं कार्यक्रम संयोजक कर्साङ दोर्जे स्याङवा तामाङ् गर्नु भएको थियो ।

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *