जेन–जी आन्दोलनको क्रममा मृत्यु हुनेको संख्या बढेर ७२ पुगेको पुष्टि भएको छ। राजधानीदेखि विभिन्न ठूला शहरहरूमा जारी विरोध प्रदर्शनका क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच भएको झडप, गोली प्रहार र नियन्त्रणको क्रममा भएको बल प्रयोगका कारण मृत्यु संख्या लगातार बढ्दै गएको हो।

स्वतन्त्र स्रोत र अस्पतालहरूका अनुसार अझै पनि दर्जनौँ घाइतेहरूको अवस्था गम्भीर छ, जसका कारण मृत्यु संख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ। यो आन्दोलनमा प्रायः विद्यार्थी, युवा र नागरिक समाजका प्रतिनिधिहरू सक्रिय सहभागी रहेको देखिएको छ। सरकार भने शान्ति–सुरक्षा कायम राख्न र आन्दोलन नियन्त्रण गर्न ‘आवश्यक बल प्रयोग गरिएको’ दाबी गर्दै आएको छ, तर प्रदर्शनकारीहरूले भने सुरक्षाकर्मीमाथि अन्धाधुन्ध दमन गरेको आरोप लगाएका छन्।

Similar Posts