ऊर्जामन्त्री कुलमान घिसिङले मन्त्रालय सम्हाले लगत्तै आफ्नो पहिलो निर्णयको रुपमा डेडिकेटेड ट्रंक लाइन (DTL) को बक्यौता उठाउने प्रक्रिया अघि बढाएका छन्। विद्युत प्राधिकरणले विगतमा विशेष पहुँचमार्फत ठूला व्यवसायी, उद्योगपति, होटल तथा केही प्रभावशाली व्यक्तिहरूलाई डेडिकेटेड ट्रंक लाइन उपलब्ध गराएको थियो, तर ती प्रयोगकर्ताले वर्षौंसम्म शुल्क तिर्ने नगरेको गुनासो रहँदै आएको छ।

घिसिङको निर्णयअनुसार अब ती उपभोक्ताले तिर्न बाँकी रहेको सम्पूर्ण रकम असुल गर्न प्राधिकरणलाई निर्देशन दिइएको छ। यसरी उठाइने बक्यौताले प्राधिकरणलाई अर्बौं रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ।

यस कदमलाई ऊर्जा क्षेत्रको पारदर्शिता र नाफामुखी व्यवस्थापनतर्फको कडा सन्देशका रूपमा हेरिएको छ। मन्त्री बनेपछि पहिलो निर्णय नै राजस्व असुली र अनुशासन कायम गर्ने विषयमा केन्द्रित हुनु घिसिङको “कठोर तर सुधारमुखी” छविसँग मेल खाने देखिएको छ।

Similar Posts