काठमाडौंको टोखा नगरपालिका–२ चण्डेश्वरीमा बिहीबार राति एक युवकको हत्या भएको छ। प्रहरीका अनुसार पाँचथर घर भई हाल टोखा–२ चण्डेश्वरीमा बस्दै आएका ४० वर्षीय राम लिम्बुको हत्या भएको पुष्टि भएको छ। घटना बिहीबार राति करिब १० बजे तिर भएको बताइएको छ। स्थानीयवासीका भनाइअनुसार लिम्बु आफ्नै कोठामा भेटिएका थिए र उनको शरीरमा धारिलो हतियार प्रहार गरिएको देखिएको थियो। घटनाको जानकारी पाउनासाथ प्रहरी टोली राति नै घटनास्थलमा पुगेर अनुसन्धान थालेको छ।

प्रहरी वृत्त महाराजगञ्जका प्रमुखले प्रारम्भिक अनुसन्धानको क्रममा घटनामा संलग्न व्यक्तिहरूको पहिचानका लागि खोजी कार्य तीव्र रूपमा भइरहेको बताएका छन्। उनले भने, “घटनाको कारण र संलग्नता के हो भन्ने विषयमा विस्तृत अनुसन्धान भइरहेको छ। केही व्यक्ति पक्राउ परेका छन् र बयान लिँदैछौं।”स्थानीय बासिन्दाले घटनापछि क्षेत्रमा त्रास फैलिएको बताएका छन्। प्रहरीले घटनास्थल वरपरको सीसीटीभी फुटेज संकलन गरी प्रमाण संकलन कार्य अघि बढाएको छ।

हत्या आरोपमा प्रहरीले उदयपुर घर भएका २७ वर्षीय गणेश लामा र सिन्धुली घर भएका ४० वर्षीय खुप बहादुर तामाङलाई राति नै पक्राउ गरेको छ । उनीहरूले बादविवादको क्रममा फलामको रड प्रहार गर्दा लिम्बु गम्भीर घाइते भएका थिए । उपचारका लागि ट्रमा सेन्टर पठाइएको  थियो । ट्रमा सेन्टमा उनको मृत्यु भएको थियो ।

मृतकको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ। पोस्टमार्टम रिपोर्टपछि मृत्युको वास्तविक कारण पत्ता लाग्ने प्रहरीले जनाएको छ।यस घटनाले फेरि राजधानीभित्र सुरक्षाको अवस्था कमजोर भएको भन्ने प्रश्न उठाएको छ। स्थानीयवासीले अपराध नियन्त्रणमा प्रहरीलाई थप सक्रिय हुन माग गरेका छन्।

Similar Posts