नेपाल राष्ट्र बैंकले मंगलबार बैंक वित्तीय संस्थाहरुका लागि एकीकृत परिपत्र जारी गर्दै सुनचाँदी धितो राखेर अधिकतम ५० लाख रुपैयाँसम्म मात्रै कर्जा पाइने भएको छ । सुनचाँदी धितो कर्जाको एकल ग्राहक कर्जा सीमा ५० लाख कायम गरेको हो ।
यसअघि नै प्रवाह भएको सुनचाँदी धितो कर्जाको हकमा केन्द्रीय बैंकले २०८३ असार मसान्तसम्म एकल ग्राहक कर्जा सीमा कायम गरी सक्नुपर्ने व्यवस्था गरेको छ ।