पोखरा भ्रमण वर्ष २०२५ को ‌उद्घाटन गर्ने क्रममा बेलुन पड्किएर अर्थमन्त्री  विष्णु प्रसाद पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य घाइते हुनुभएको छ । पोखरा भ्रमण वर्ष घोषणा समारोह उद्घाटनका क्रममा प्राविधिक समस्याका कारण बेलुन पड्किदा उनीहरू घाईते भएका हुन्। ।

अर्थमन्त्री पौडेलले एआई जडित पानसमा बत्ति बालेर पोखरा भ्रमण वर्ष २०२५ लेखेको ब्यानर सार्वजनिक गर्ने क्रममा दुर्घटना भएको हो । ब्यानरको दुबै साइटमा बेलुन झुण्डाइएको थियो । तर, उक्त बेलुन आगोमा परेपछि पड्किएको हो । उक्त घटनामा परी अर्थमन्त्री पौडेलको स्वास्थ्यमा केही असर परेको छ। उनको गण्डकी अस्पतालमा प्रारम्भिक उपचार भएको थियो। जसपश्चात उनलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याईएको छ। थप उपचारका लागि कीर्तिपुरस्थित बर्न हस्पिटल लगिएको हाे

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *