सगरमाथा प्रदूषण नियन्त्रण समितिका अनुसार, सगरमाथा क्षेत्रमा थुप्रिएको फोहोरलाई तल झार्न ड्रोन प्रविधिको प्रयोग प्रभावकारी देखिएको छ। यस्तै सफलताको आधारमा अब अन्य हिमालहरूमा पनि ड्रोन प्रविधिको प्रयोग गर्ने योजना बनाइएको छ। यस वर्ष मौसम प्रतिकूल रहेकाले अपेक्षित मात्रामा फोहोर हटाउन कठिन भए पनि, आगामी दिनमा हिमाली सफाइ अभियानमा ड्रोनको प्रयोग व्यापक रूपमा गरिने समितिका प्रमुख कार्यकारी अधिकृत छिरिङ शेर्पाले बताएका छन्।
यस वर्ष मौसमको प्रतिकूलताका कारण लक्ष्य अनुसार फोहोर ढुवानी गर्न नसकिए पनि आगामी दिनमा हिमाल सफाइमा ड्रोनको प्रयोग बढाइने समितिका सिइओले बताएका छन्।फोहर सफाइका अतिरिक्त हिमालमा बाटो बनाउन आवश्यक डोरी र भर्याङलगायतका सामान ओसार्ने तथा हराएका मानिसको खोजी तथा उद्धारमा समेत ड्रोनको प्रयोग गरिने बताइएको छ।
अर्कोतर्फ, केही शेर्पा समुदायका व्यक्तिहरूमा भने शंका र चिन्ता देखिन्छ। “के ड्रोनले हाम्रो रोजगार खोस्ने हो?” भन्ने आशंका उठाइएको छ। तर प्रविधि क्षेत्रका विज्ञ, एअरलिफ्ट टेक्नोलोजीका सहसंस्थापक मिलन पान्डे यो कुरा खारेज गर्छन्। उनको भनाइ छ — “यो प्रविधिले जोखिम घटाउँछ, समय बचाउँछ र शेर्पा समुदायको भूमिकालाई अझ सुरक्षित र प्रविधिसँगै विकासोन्मुख बनाउँछ।” सगरमाथाबाट उठेको यो प्रयोग, बाँकी हिमाली क्षेत्रको लागि परिवर्तनको प्रारम्भिक गुँड हुन सक्छ।