काठमाडौं — नेपाली होटल व्यवसायी संघको २४औँ वार्षिक साधारण सभा तथा १४औँ अधिवेशनबाट समदेन लामा (दिपक)को अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ। अधिवेशनबाट अध्यक्षमा समदेन लामा (दिपक), प्रथम उपाध्यक्षमा दुर्गा थापा, द्वितीय उपाध्यक्षमा देवराज घिमिरे, महासचिवमा इन्द्र प्रसाद ढकाल, सचिवमा प्रकाश शर्मा, कोषाध्यक्षमा बिमल चौहान र सहकोषाध्यक्षमा दिनेश कुमार कार्की निर्वाचित भएका छन्। नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै निवर्तमान अध्यक्षले संघलाई आगामी दिनमा अझ सशक्त, एकताबद्ध र व्यवसायीमैत्री संस्थाका रूपमा अगाडि बढाउन नयाँ नेतृत्वले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन्।

होटल व्यवसायी सदस्यहरू, शुभेच्छुक, सहयोगी तथा संघसँग आबद्ध सम्पूर्ण व्यक्तित्वहरूको प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोगप्रति पनि उनले कृतज्ञता व्यक्त गरेका छन्। अध्यक्षको जिम्मेवारीबाट औपचारिक रूपमा बिदा भए पनि संघ र होटल व्यवसायीहरूको हितप्रतिको

पुरानो कार्यसमिति

आफ्नो प्रतिबद्धता निरन्तर रहने बताउँदै उनले आगामी दिनमा पनि आवश्यक ठाउँमा अनुभव, सुझाव र सहयोग प्रदान गर्दै संघको विकास तथा होटल व्यवसाय क्षेत्रको हितमा साथ दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

नेपाली होटल व्यवसायी संघको अध्यक्षका रूपमा दुई कार्यकाल अर्थात् चार वर्ष नेतृत्व गर्ने अवसर प्राप्त हुनु आफ्नो लागि गौरव र जिम्मेवारी दुवै रहेको उल्लेख गर्दै निवर्तमान अध्यक्षले यस अवधिमा संघ तथा समग्र होटल व्यवसायीहरूको हित, अधिकार र समस्याका विषयमा आफ्नो तर्फबाट सक्दो योगदान गर्ने प्रयास गरेको बताएका छन्। आफ्नो चार वर्षे कार्यकाल सफल बनाउन निरन्तर मार्गदर्शन, सल्लाह र सुझाव प्रदान गर्ने संघका पूर्व अध्यक्षहरू, सल्लाहकारहरू तथा अग्रज व्यक्तित्वहरूप्रति उनले आभार व्यक्त गरेका छन्। साथै, कार्यसमितिमा रहेर विभिन्न जिम्मेवारी सम्हाल्दै संघको हित र उद्देश्य प्राप्तिका लागि साथ, सहयोग र सहकार्य गर्ने सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई विशेष धन्यवाद दिएका छन्।

नवनिर्वाचित अध्यक्ष समदेन लामा (दिपक) नेतृत्वको नयाँ कार्यसमितिले होटल व्यवसायीका समस्या, अधिकार र व्यवसायिक हितका विषयलाई प्राथमिकतामा राख्दै संघलाई थप व्यवस्थित, एकताबद्ध र प्रभावकारी रूपमा अघि बढाउने अपेक्षा गरिएको छ।

नयाँ निर्वाचित कार्यसमिति

Similar Posts