बाढी र पहिरोका कारण काभ्रे, सिन्धुपाल्चोक र ललितपुर लगायतका जिल्लामा मानवीय क्षति भएको छ ।  विगत दुई दिनदेखि देशका अधिकांश स्थानमा निरन्तर भइरहेको वर्षाका कारण छ जनाको मृत्यु भएको र सात जना बेपत्ता भएको छ। गृह मन्त्रालयका प्रवक्ताले जानकारी दिए। नेपाल प्रहरीका अनुसार वर्षाका कारण शनिवार बिहानसम्म १४८ घटना भएका छन्। त्यसमा सात जना घाइते भएको नेपाल प्रहरीका सहायक प्रवक्ताले बताए।

“देशभरिमा २८ वटा स्थानमा मुख्य सडक र राजमार्गहरूमा अवरोध भएको छ। बाढी, पहिरो र डुबानका कारण करिब ४०० मानिसहरू विस्थापित भएको र उनीहरूलाई सुरक्षित स्थानमा सारिएको  छ। गृह मन्त्रालयका प्रवक्ता तिवारीले नदी किनारमा रहेका मानिसहरूलाई सुरक्षित स्थानमा रहन र बाढी आउन सक्ने स्थानमा घरको भुईँतल्लामा नबस्न अनुरोध गरिएको बताएका छन्। “मौसम सुधार नभएसम्म अत्यावश्यक कामबाहेक घरबाट ननिस्कन हाम्रो अनुरोध छ,”  गृह मन्त्रालयका अनुसार बागमती र कोशी प्रदेशका अधिकांश स्थानमा वर्षाका कारण जनजीवन प्रभावित भएको छ। काठमाण्डू र ललितपुरमा बागमती नदीको सतह बढेर किनारको सडक र मानव बस्तीसम्म पुगेको प्रहरीले जनाएको छ। बागमती, विष्णुमती, धोबी खोला सहितका नदी किनारमा बस्ने मानिसहरूलाई सुरक्षित स्थानमा सार्न भनिएको र सुरक्षा निकायको सहयोगमा सारिएको गृह प्रवक्ता तिवारीले जानकारी दिए।

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *