संयुक्त राष्ट्रसङ्घले  लेबननमा ९० हजारभन्दा बढी मानिस विस्थपित भएको जनाएको छ। इजरेल र हिज्बुल्लाहबीच दैनिकजसो सीमापार हमला भइरहँदा उत्तरी इजरेलमा ६०,००० मानिस विस्थापित भएका छन्। लेबननको स्वास्थ्य मन्त्रालयले बुधवारको इजरेली हवाई हमलाहरूमा मात्रै ५१ जनाको ज्यान गएको जनाएको छ।

इजरेली सेनाले दक्षिणी लेबनन र बेक्का क्षेत्रमा “व्यापक” हमलाहरूको नयाँ लहर सुरु गर्ने जनाइरहँदा राष्ट्रसङ्घको तथ्याङ्क सार्वजनिक भएको हो। इरान समर्थित हिज्बुल्लाहले आफूले इजरेली “आक्रमण” रोकिरहेको र प्यालेस्टाइनसँग ऐक्यबद्धता रहेको जनाएको छ। इजरेलले भने हिज्बुल्लाहको खतरा हटाउने उद्देश्य राखिएको जनाएको छ।

इजरेलले हिजबुल्लाहविरुद्ध थप व्यापक हवाई आक्रमणहरू जारी राख्दा हिजबुल्लाहले पनि उत्तरी इजरेलमा जबाफी आक्रमण गरिरहेको छ।

इजरेलका उत्तरी कमाण्डका प्रमुख मेजर जनरल ओरी गोर्डिनले आफूहरू कारबाही अभियानको नयाँ चरणमा प्रवेश गर्न लागेको र त्यसका निम्ति आफ्नो सेना पूर्ण रूपमा तयार हुनुपर्ने बताएको छ।

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *