नेपाल र चीनबीच मंगलबार चीनको बेइजिङमा ९ वटा समझदारीपत्र तथा सम्झौतापत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली चारदिने भ्रमणका लागि सोमवार साँझ बेइजिङ पुगेका थिए। प्रधानमन्त्री ओली र चिनियाँ समकक्षी ली छ्याङबीच मंगलबार बेइजिङमा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता सम्पन्न भएको थियो । त्यसपछि दुई देशका सम्बन्धित अधिकारीले समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर गरेको जनाइएको छ । परराष्ट्र मन्त्रालयका अनुसार दुई देशका अधिकारीहरूले यी दस्तावेजमा हस्ताक्षर गरेको छ ।

-टोखा छहरे सुरुङ मार्गसम्बन्धी समझदारी

-नेपाल चीन व्यापार अभिवृद्धि सम्बन्धी समझदारी

-नौतले वसन्तपुर दरबार पुननिर्माण सम्बन्न सम्बन्धी प्रमाणपत्र आदान प्रदान

-प्रशोधित बफ्यालो मिट निर्यात सम्बन्धी प्रोटोकल

-विकास निर्माणसम्बन्धी समझदारी पत्र

-आर्थिक तथा प्राविधिक सहयोग सम्बन्धी समझदारी पत्र

-नगद सहयोग सम्बन्धी पत्र आदान प्रदान

-स्यंसेवी चिनियाँ भाषा शिक्षक सम्बन्धी समझदारी

-एनटीभी र चाइना मिडिया ग्रुपबीच सञ्चार प्रविधि सम्बन्धी समझदारी पत्र

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *