काठमाडौं, नेपाल – फेब्रुअरी १०, २०२५ लिबर्टी कलेजको सफल आयोजना तथा केबीए ग्लोबलको सहकार्यमा अन्तरकलेज क्रिकेट प्रतियोगिता केबीए ग्लोबल क्रिक्सल क्ल्यास को प्रेस मिट काठमाडौंमा सम्पन्न भएको छ। प्रतियोगिता आगामी फेब्रुअरी १३–१४, २०२५ मा भेलोसिटी एरिनामा आयोजना गरिनेछ। यो प्रतियोगिताले नेपालभरका युवा क्रिकेट खेलाडीहरूलाई एक साझा मञ्च प्रदान गर्ने अपेक्षा गरिएको छ। प्रेस मिट औपचारिक समुद्घाटन समारोहबाट प्रारम्भ भएको थियो, जसमा केबीए ग्लोबल एजुकेसन एन्ड माइग्रेशन तथा लिबर्टी कलेजका मुख्य प्रतिनिधिहरूले प्रतियोगिताको उद्देश्य र महत्वबारे प्रकाश पार्नु भएको थियो। केबीए ग्लोबल एजुकेसन एन्ड माइग्रेशनका डाइरेक्टर शम्भु कँडेलले आफ्नो मन्तव्य राख्दै भन्नुभयो, “हामी बिभिन्न कलेजका विद्यार्थीहरूलाई यस प्रतियोगिता मार्फत एउटा अनौठो अवसर प्रदान गर्न पाउँदा अत्यन्त उत्साहित छौं। हाम्रो लक्ष्य युवा हरूमा नेतृत्व शैलीको विकास, सीप विकास र आपसी सद्भाव अभिवृद्धि गर्नु हो। खेलकुदले शारीरिक स्वास्थ्य मात्र नभई मानसिक सन्तुलन, अनुशासन, र नेतृत्व क्षमता वृद्धि गर्न मद्दत गर्छ, जुन विद्यार्थीहरूको शैक्षिक र व्यावसायिक जीवनमा महत्वपूर्ण भूमिका खेल्न सक्छ ।

त्यसपछि लिबर्टी कलेजका प्रिन्सिपल डा. देवराज पनेरुले कलेजको समर्थनलाई जोड दिँदै भन्नुभयो, “लिबर्टी कलेज यस प्रतियोगिताको टाईटल स्पोसर रूपमा उपस्थित हुन पाउँदा गौरवान्वित छ।

हाम्रो संस्थाले सर्वाङ्गीण शिक्षा प्रणालीलाई आत्मसात् गर्दै आएको छ, जसमा खेलकुद प्रमुख हो। यस प्रतियोगिताले विद्यार्थीहरूलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने मात्र नभई नेतृत्व र अनुशासन जस्ता जीवनोपयोगी सीपहरू सिक्ने अवसर प्रदान गर्नेछ।“ त्यसैगरी, केबीए ग्लोबल एजुकेसन एन्ड माइग्रेशनका ग्लोबल मार्केटिङ हेड विनोद परियारले भन्नुभयो, “हाम्रो उद्देश्य खेल मात्र होइन, विद्यार्थीहरूका लागि उज्ज्वल अवसरहरू सिर्जना गर्नु पनि हो। यस प्रतियोगिताले खेलाडीहरूलाई आफ्नो सीप प्रदर्शन गर्न र आत्मविश्वास बढाउन मद्दत गर्नेछ।“ कार्यक्रमका प्रमुख संयोजक तथा केबीए ग्लोबलका सिनियर एडमिशन अफिसर प्रमेश तिवारीले प्रतियोगिताको खेल तालिका सार्वजनिक गर्दै ट्रफी अनावरण गर्नु भएको थियो। उहाँले भन्नुभयो, “हामीले सात ओभरको फम्र्याटमा २० टिम सहभागी हुने गरी नकआउट शैलीमा खेल हुने गरी प्रतियोगिता डिजाइन गरेका छौं।

दुई दिनसम्म चल्ने यस रोमाञ्चक क्रिकेट प्रतियोगिताले दर्शकहरूलाई अविस्मरणीय अनुभव प्रदान गर्नेछ।“ प्रेस मिटका क्रममा पत्रकारहरूले शम्भु कँडेल, विभिन्न टिम कप्तानहरू, र लिबर्टी कलेजका प्रतिनिधिहरूसँग प्रतियोगिताको तयारी, व्यवस्थापन, र लक्ष्यबारे छलफल समेत गरीएको थियो। केबीए ग्लोबलका ब्रान्च मेनेजर प्रेम कार्कीले धन्यबाद ब्यक्त गर्दै कार्यक्रमको औपचारिक समापन गर्नु भएको थियो। कार्यक्रमको अन्त्यमा आयोजक, खेलाडी, तथा मिडिया प्रतिनिधिहरूबीच अनौपचारिक छलफल समेत भयो। सम्पूर्ण उपस्थित व्यक्तिहरूले प्रतियोगिताप्रति उच्च अपेक्षा व्यक्त गरे, जसले नेपालका युवा क्रिकेट खेलाडीहरूलाई चम्किन मद्दत गर्ने विश्वास गरिएको छ। प्रतियोगिताको औपचारिक उद्घाटन आगामी फेब्रुअरी १३, २०२५ मा भेलोसिटी एरिनामा गरिनेछ।

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *