सुनको मूल्य पुरानो रेकर्ड भङ्ग गर्दै अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ। नेपालमा शुक्रवार सुनको मूल्य प्रतितोला १,७४,५०० पुगेको सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। प्राचीनकालदेखि अहिलेसम्म पनि मानिसहरू सुनसँग निकै मोहित भएको पाइन्छ। मानवजातिको सुनप्रतिको आसक्ति र त्यसबाट इतिहासमा भएका दुःखद घटनाबारे यो सामग्री बनाएको छ। अन्तर्राष्ट्रिय बजारमा पछिल्लो समय लगानीका मुख्य क्षेत्र अमेरिकी डलर र पेट्रोलियम पदार्थका तुलनामा सुन नै सबैभन्दा सुरक्षित र प्रतिफल योग्य ठानिएकाले यसको मूल्य लगातार बढ्दो क्रममा देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार ३१ मार्चमा एकैदिनमा १ हजारले बढेर सुनको मूल्य प्रतितोला १ लाख ९ हजार २ सय रूपैया पुगेको छ। नेपाल राष्ट्र ब्याङ्कका प्रवक्ता गुणाकर भट्टले पछिल्लो समय दुई ठूला अमेरिकी ब्याङ्कहरू धरासायी भएपछि डलरका लगानीकर्ता पनि सुनतर्फ आकर्षित भएको हुनसक्ने ठान्छन्।

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *