काठमाडौं – सामाजिक सञ्जालमा सरकारले ल्याउन लागेको कडा नियमन र मुलुकमा बढ्दो भ्रष्टाचारविरुद्ध नयाँ पुस्ताका युवा (Gen Z) हरू आज राजधानीसहित देशका विभिन्न भागमा सडकमा उत्रिएको छ। प्रदर्शनका क्रममा उनीहरूले प्रहरीको घेरा तोड्दै संसद् भवन अगाडि प्रदर्शन गर्न पुगेको छ।

युवाहरूले अभिव्यक्ति स्वतन्त्रता खोस्ने प्रयास र राज्य संयन्त्रमा मौजुदा अनियमितताप्रति आक्रोश व्यक्त गर्दै शान्तिपूर्ण प्रदर्शन गरेका हुन्। उनीहरूले हातमा ‘सामाजिक सञ्जाल हाम्रो आवाज हो’, ‘भ्रष्टाचार बन्द गर’, ‘हाम्रो भविष्य सुरक्षित गर’ भन्ने जस्ता प्लेकार्ड बोकेका थिए। आन्दोलनमा सहभागी युवाहरूका अनुसार सामाजिक सञ्जाल केवल मनोरञ्जनका लागि नभई नयाँ पुस्ताको आवाज, रोजगारीको माध्यम र सामाजिक अभियान चलाउने प्रमुख साधन बनेको छ। यसमा प्रतिबन्ध लगाउनु भनेको उनीहरूको अभिव्यक्ति स्वतन्त्रतामाथि ठाडो प्रहार हो।

त्यस्तै, पछिल्ला वर्षहरूमा बढ्दै गएको ठूला घोटाला, पारदर्शिताको अभाव र अवसरको असमानताले युवामाझ असन्तोष बढाएको छ। उनीहरूले सरकारलाई तत्काल ठोस कदम चाल्न चेतावनी दिएको छ।युवाहरूले सामाजिक सञ्जालमै ‘GenZProtest’ र ‘StopCorruptionNepal’ जस्ता ह्यासट्यागमार्फत अभियानलाई सशक्त बनाइरहेका छन्। आन्दोलन शान्तिपूर्ण भए पनि यसको प्रभाव राजनीतिक वृत्त र नीतिनिर्माण तहमा गहिरो देखिने विश्लेषकहरूको भनाइ छ।

निषेधित क्षेत्र तोडेपछि प्रहरीले प्रदर्शनकारीमाथि पानीको फोहरा र अश्रुग्याँस पनि प्रहार गरेको थियो । तर, त्यसलाई पनि छिचोल्दै उनीहरुले संसद् भवनसम्मको छ।उनीहरुले भवनभित्र बोतललगायत प्रहार गरिरहेका छन् । अश्रुग्याँसहित केही प्रहरीले पानीकाे फाेहरा समेत हानेका छन् ।

 

Similar Posts