गत भदौ २३ र २४ गते भएका ‘जेन जी’ आन्दोलनमा भएको जनधनको क्षति र विध्वंसपछि नेपाल आउने पर्यटकको सङ्ख्यामा करिब ४० प्रतिशतले कमी आएको  छ  “यी घटना हुनुभन्दा अगाडि नेपालमा प्रत्येक दिन औसतमा करिब ३,२०० को सङ्ख्यामा पर्यटकहरू आउँथे। त्यसयता त्यो १,३०० जतिको सङ्ख्यामा पुगेको अवस्था छ,”  । अक्टोबर-नोभेम्बरको शरद् यामको मुखैमा भएका घातक प्रदर्शनपछि नेपालको अन्तर्राष्ट्रिय छविमा एक पटक पुन: ‘धक्का’ लागेको भन्दै पर्यटन बोर्डका प्रमुखले अब त्यसलाई चिर्ने आफूहरूले प्रयास गरिरहेको बताएका छन्।

  • Reuters ले लेखेको छ कि प्रधानमन्त्री के.पी. शर्मा ओलीको राजीनामा र देशभरि भएका हिंसात्मक आन्दोलनका कारण पर्यटक आगमन वर्षको समान समयको तुलनामा लगभग ३०% ले घटेको छ। होटल र पर्यटन क्षेत्रले रिपोर्ट गरेका छन् कि बुकिङहरु र आगमनहरुमा “sharp drop” देखिएको छ — तर ४०% भन्ने ठ्याक्कै ठोस प्रमाण अझै सार्वजनिक भएका रिपोर्टहरुमा छैन। यदि चाहन्छौ भने, म खोज्न सक्छु र हेर्छु कि कुनै सरकारी स्ट्याटिस्टिक्स वा नेपाल पर्यटन बोर्डले “४०% घट्यो” भन्ने दाबी गरेको छ कि छैन — त्यसपछि यो पुष्टि (or refutation) गर्न सकिन्छ। चाहन्छौ कि गरौँ?

नेपालका दुई मुख्य पर्यटकीय याम मानिने वसन्त र शरद् ऋतु खास गरी पदयात्रा र पर्वतारोहणका दृष्टिबाट निकै महत्त्वपूर्ण मानिन्छन्। “पछिल्ला घटनामा देशैभरका गन्तव्य, पदयात्रा मार्ग र सम्पदाहरूमा असर परेको छैन। तर केही सेवा प्रदायक होटलहरूमा क्षति पुगेको छ,” जोशी भन्छन्। अवस्था सुधार हुँदै जाँदाका हकमा सेप्टेम्बर अन्त्यसम्ममा सामान्यतर्फ उन्मुख हुने आशा गरिएको जोशी बताउँछन्। “तर यसबीचमा फेरि हुलदङ्गाहरू भए भने त्यससँगै पर्यटकीय स्रोत मुलुकमा जाने सन्देश निकै नराम्रो हुन्छ।”

जेन जी आन्दोलनपछि नयाँ सरकार गठन भएर अवस्था सामान्य हुनेतर्फ अघि बढिरहे तापनि यसबीचमा इन्टरनेट र सामाजिक सञ्जालमा फैलिएका हिंसक र अस्थिर अवस्था देखिने सामग्रीले नेपालको पर्यटनलाई तत्कालै असर पारेको व्यवसायीहरू बताउँछन्।  “हामी जहिल्यै सबैभन्दा पहिले पीडित हुने र सबैभन्दा अन्तिममा पुनरुत्थान हुने क्षेत्रका रूपमा हुन्छौँ। पछिल्लो समय यस्ता घटना छिटोछिटो हुन थाल्दा हामी चिन्तित छौँ ।

सगरमाथा आधार शिविरतर्फ जाँदै गरेका पर्यटक तथा आरोहीहरूभनेझैँ नेपालमा आन्दोलन चर्कनासाथ बाङ्ग्लादेशमा एकाएक उच्च सङ्ख्यामा नेपालका लागि गरिएको बुकिङ रद्द हुन थालेको थियो। बीबीसी बाङ्ग्लाले सम्पर्क गरेका केही पर्यटन व्यवसायीहरूले यसबीचमा बुकिङको माग ३० देखि ७० प्रतिशतसम्मले कमी आएको जनाएका छन्। आन्दोलन र आसपासका दिनका लागि तय भइसकेको बुकिङ शतप्रतिशतसम्मले रद्द भयो।

भारतले बाङ्ग्लादेशका नागरिकहरूलाई पर्यटकीय भिसामा कडाइ गरेपछि पछिल्लो समय त्यहाँका धेरै मानिसहरूको रोजाइमा नेपाल पर्ने गरेको थियो। एक बाङ्ग्लादेशी ट्राभल कम्पनी शेअरट्रिपले आफूहरू स्वयंले “तत्काल नेपाल यात्रा गर्न निरुत्साहित गरिरहेको र अवस्था स्थिर हुँदासम्मका लागि पर्खन भनेको” जनाएको छ। नाटाका थपलिया थप्छन् : “फागुनमा चुनाव छ। त्यो बेला पनि वसन्त याम पर्छ। अवस्था अस्थिर भइरह्यो भने त्यसको असर लामो समय पर्ने हुँदा सबै पक्ष सजग हुन आवश्यक छ।” नेपालको एउटा मुख्य होटेल सञ्जाल काठमाण्डू गेस्ट हाउस (‘केजीएच ग्रूप’)का प्रमुख कार्यकारी अधिकृत राजन शाक्य आन्दोलन चर्किएको दिनमा मात्रै आफूहरूले करिब ३०० वटा बुकिङहरू रद्द गर्नुपरेको बताउँछन्। त्यस्तोमा समूहमा आउने र परिवारहरू रहेको उनी बताउँछन्। “सेप्टेम्बर महिनामै सांस्कृतिक टुर प्याकेजहरूको राम्रो बुकिङ थियो। यो होटलका अक्युपन्सी ६५-७० प्रतिशतसम्म हुने समय हो। तर अहिले त्यो करिब २० प्रतिशतमा झरेको छ।”

चितवनमा डुङ्गा खियाउँदै पर्यटक

पर्यटन व्यवसायीहरूका अनुसार ‘जेन जी’ आन्दोलन सकिएपछि पनि अधिकांश नयाँ बुकिङहरू केही समय ‘पर्ख र हेर’को अवस्थामा छन्। “पहिल्यै भएका बुकिङमा पर्वतारोहण र पदयात्राका बुकिङ खासै रद्द गरिएका छैनन्। तर सांस्कृतिक टुर र सेमिनार एवं बैठकका आयोजनाहरू अधिकांश रद्द हुन पुगे,” नाटाका कुमारमणि थपलियाले भने।

आफ्ना चालकदलका सदस्य बस्ने एउटा पाँचतारे होटेलमा प्रदर्शनकारीहरूले तोडफोड गरेपछि हङ्‌कङको एउटा विमान कम्पनी क्याथे प्यासिफिकले सेप्टेम्बर अन्तिमसम्मकै लागि नेपालमा आफ्ना उडानहरू रोकेको छ।

नेपालका लुम्बिनीजस्ता बौद्ध तीर्थस्थलमा उल्लेख्य सङ्ख्यामा पर्यटक आउने श्रीलङ्काजस्ता देशका हकमा भने गत साताको तनावले ‘तीनदेखि चार दिनसम्म’ मार परे तापनि अवस्था अवस्था सामान्यतर्फ आउन थालेको बताइएको छ। उक्त असोसिएशनअन्तर्गत भारत र नेपालमा यात्रा गराउने २३४ पर्यटन सेवा सञ्चालकहरू छन्। उनीहरूले दुवै देशका सरकारी निकाय, बौद्ध गुम्बा र होटलहरूसँगको समन्वयमा यात्राका कार्यक्रमलाई निरन्तरता दिइएको बताएका छन्।

 श्रीलङ्काका तीर्थालुहरू जाडो सुरु हुनुअघिको नोभेम्बरसम्म नेपाल आउँछन्। त्यसपछि पुन: फेब्रुअरीमा उक्त क्रम दोहोरिन्छ। नेपाल पर्वतारोहण सङ्घका एक उपाध्यक्ष मिङ्मा डेभिड शेर्पाले नेपालबारे गएको नकारात्मक छवि फेर्न यतिखेर नेपालमै रहेका पर्यटकहरूको साथ लिनुपर्ने बताउँछन्। “अहिले नै मनास्लु हिमाल चढ्न कुरिरहेका ३०० भन्दा धेरै हिमाल चढ्न आएका पर्यटक छन्। आन्दोलनकैबीच उनीहरूले खासै ठूलो समस्या झेलेनन्। अहिले सोशल मिडियाको जमानामा चाहेर-नचाहेर नेपालको नराम्रो छवि जाने भिडिओ मानिसहरूले हेरिरहेका छन्,” कीर्तिमानी आरोही समेत रहेका शेर्पा भन्छन्। “त्यस्ता मानिसहरूसम्म यहीँ भएकैबाट शान्ति रहेको, सुरक्षित भइने कुरा पुग्नुपर्छ। पर्यटकलाई जस्तोसुकै अवस्थामा पनि सुरक्षित राख्ने नेपालीको स्वभाव र प्रमाणित विगत बुझाइनुपर्छ।” तर हिल्टनजस्ता मुख्य होटलहरू जलेका तस्बिर अन्तर्राष्ट्रिय रूपमा फैलँदाको अ

शरद् याममा नेपालमा पदयात्रा गरिरहेजस्ता देखिने एक पर्यटक

सर लामो समयसम्म निकै गहिरो हुने शेर्पा बताउँछन्।

पर्यटन बोर्डका सीईओले नेपालमा सशस्त्र द्वन्द्वदेखि पछिल्ला वर्ष र दशकमा भएका अनेकौँ आन्दोलनमा पर्यटकहरू कहिल्यै निसानामा

 नपरेको अवस्था विश्वलाई थाहा दिन आवश्यक रहेको बताउँछन्। “कर्फ्यू वा आन्दोलनकै बीच पनि पर्यटक बोकेका गाडीहरू निर्धक्क हिँड्न सक्ने हाम्रो देश हो। ‘अतिथि देवो भवः’ साँच्चिकै हाम्रो रगतमै छ  भन्छन्। “यसपटक परिस्थिति केही फरक भएकाले त्रास केही बढ्ता भएको अवश्य हो। तर विगतदेखि नै छिटै पुनरुत्थान हुने देश नेपाल हो। हामीले अहिले पर्यटकहरूलाई निर्धक्क हुने वातावरण बनाउनका लागि आपसी समन्वय र समयमै सूचनाको आदानप्रदान निकै प्राथमिकतासाथ राखेका छौँ।” आन्दोलनपछिका अवस्थामा कैयौँ देशहरूले जारी गरेका यात्रा सजगतासम्बन्धी ‘एड्भाइजरी’हरू हट्न थाल्नसाथ अवस्था सहज हुने अधिकारीहरूको आशा छ।

Similar Posts