९ कात्तिक, काठमाडौं । बब्लु गुप्ता अन्ततः राजनीतिसम्म आइपुगेका छन् । भदौ २३ र २४ को जेनजी आन्दोलनको अग्रपंक्तिमा रहनेमध्येका थिए, बब्लु गुप्ता । माइतीघर मण्डलादेखि बानेश्वरसम्म भ्रष्टाचारविरोधी नारासहित भएको मार्चमा एउटा गाडीमाथि चढेका उनी खोपडीअंकित जापानी एनिमीको तस्वीरसहित नारा लगाइरहेका थिए ।  दिउँसो प्रहरीले संसद् भवनभित्रबाट गोली चलाइरहँदासमेत उनी बानेश्वर चोकमै थिए । दोस्रो दिन पनि त्यहीँ खटिए । परोपकारी समूह १०० ग्रुपसँग आबद्ध उनले घाइतेलाई अस्पतालसम्म लैजाने काममा समेत सहजीकरण गरे । १८ वर्षको उमेरदेखि सेवा र न्यायका लागि खट्दै, नेतृत्व गर्दै आएका उनी जेनजी विद्रोह हुँदै अन्तरिम सरकारमा युवा तथा खेलकुद मन्त्री बनेका हुन् । बब्लु निरन्तर अस्पतालहरूमै भेटिए, घाइतेलाई सहयोग गर्दै बसे । तीनै बब्लु आइतबारबाट जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारमा युवा तथा खेलकुद मन्त्री बनेका छन् ।

Similar Posts