संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले ग्रीनल्यान्डलाई अमेरिकाको स्वामित्वमा ल्याउन “तत्काल वार्ता” गर्न खोजेको बताएका छन्। डाभोसको सम्मेलनमा सहभागी हुन जानुअघि ट्रम्पले ग्रीनल्यान्डको विषयमा अमेरिकाको विरोध गर्ने आठ युरोपेली देशहरूलाई तिनले अमेरिका निर्यात गर्ने वस्तुहरूमा थप १० प्रतिशत ट्यारिफ लगाउने चेतावनी दिएका थिए। स्विट्जरल्यान्डको डाभोसमा आयोजित वर्ल्ड इकोनमिक फोरमको सम्मेलनमा भाषण गर्दै ट्रम्पले ग्रीनल्यान्ड अधिग्रहण गर्न आफूले बल प्रयोग गर्न नचाहेको र नगर्ने घोषणा पनि गरे।

Similar Posts