काठमाडौं : काठमाण्डू जिल्ला अदालतले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। जिल्ला अदालतले प्रहरीको माग अनुसार प्रारम्भिक अनुसन्धान पूरा गर्न समय आवश्यक देखिएको भन्दै उक्त अनुमति दिएको हो।

प्रहरीका अनुसार उनीहरूविरुद्ध सामाजिक सद्भाव बिगार्ने खालका अभिव्यक्ति दिएको उजुरी परेको थियो। सोही आधारमा पक्राउ गरी थप अनुसन्धान अघि बढाइएको हो।

अदालतले अनुसन्धानका क्रममा आवश्यक प्रमाण संकलन, बयान लिने तथा अन्य प्रक्रिया पूरा गर्नका लागि ५ दिनको म्याद दिएको जनाएको छ। यस अवधिमा प्रहरीले थप तथ्य संकलन गरी आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउनेछ। जेन जी आन्दोलनबारे छानबिन गर्न गठित आयोगको प्रतिवेदनका आधारमा शनिवार पक्राउ परेका ओली र लेखकलाई प्रहरीले दिएको पक्राउ पुर्जी र म्याद थपको मागबारे आइतवार जिल्ला अदालत काठमाण्डूमा बहस भएको थियो।

उक्त घटनाप्रति विभिन्न पक्षबाट प्रतिक्रिया आउन थालेको छ। केहीले अभिव्यक्ति स्वतन्त्रताको विषय उठाएका छन् भने केहीले कानुन अनुसार कारबाही हुनुपर्ने बताएका छन्

Similar Posts