२४ असोज, काठमाडौं । काठमाडौंको बसन्तपुरस्थित दशैंघरमा फूलपाती भित्र्याइएको छ । गोरखा दरबारबाट पठाइएको फूलपाती आज अपराह्न बाजागाजा सहित भित्र्याइएको हो । गोरखा दरबारका पुरोहितले हनुमानढोकाका पूजारीलाई फूलपातीको डोली हस्तान्तरण गरेपछि हनुमानढोकामा फूलपाती हर्ष बढाइँका साथ भित्र्याउने चलन छ । सो अवसरमा नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा तोप पड्काएर फूलपाती बढाइँ समेत गरेको छ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

फूलपातीको डोली सहित नेपाली सेनाको टोलीले मंगल धुन पनि बजाएको थियो । बडा दशैंको सातौं दिन घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैंघर अथवा पूजा कोठामा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्राउने गरिन्छ । नवपत्रिकाको नामले समेत चिनिने त्यसैलाई फूलपाती भनिन्छ । फूलपातीलाई नौवटी देवीको प्रतीकका रूपमा भित्राइ शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने चलन छ ।

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *