अमेरिकाको भर्जिनियास्थित मनासस पार्कमा ४ जना नेपाली मृत फेला परेको छ। प्रहरीका अनुसार एकै घरका उनीहरु घरभित्रै मृत फेला परेका हुन् । उनीहरू चारै जना गोली लागेको अवस्थामा मृत भेटिएको प्रहरीलाई उद्धृत गर्दै एनबिसी वाशिङ्टनले लेखेको छ। उनीहरुको के कसरी मारिएका हुन भन्ने बारेमा खोजी भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले गोली प्रहार गरेको अवस्थामा चारजनाको शव फेला पारेपछि घटनास्थल सुरक्षित गरेर प्रारम्भिक अनुसन्धान थालेको थियो। स्थानीय सञ्चारमाध्यम एनबिसीवाशिङ्टन डटकमका अनुसार मृत भेटिएका चारमध्ये एक महिला, एक पुरूष र दुई बालबालिका छन्। मृत्यु हुनेमा सन्तोष परियार (३८), अञ्जु श्रेष्ठ (३६) र उनका दुई सन्तान ८ वर्षीया छोरी र २ वर्षीय छोरा रहेको छ ।
