ताप्लेजुङमा डेंगी सङ्क्रमणको जोखिम भएको छ ।  जिल्ला स्वास्थ्य कार्यालयले स्थानीय स्वास्थ्यकर्मी, सञ्चारकर्मी, नेपाल प्रहरी र सशस्त्र प्रहरी समेतलाई सहभागी गराई डेंगी संक्रमणको जोखिम र अपनाउनुपर्ने सावधानीका विषयमा जानकारी गराउँदै सतर्कता अपनाउन आग्रह गरिएको छ ।गर्मीयाम सुरु भएको र धेरै नागरिकमा यससम्बन्धी सचेतना नभएकाले सावधानीको विषयमा समुदायसम्म सन्देश पुर्‍याउन पनि सरोकारवालालाई आग्रह गरिएको छ । डेंगी सार्ने लामखुट्टेको बासस्थान खोजी गरी लार्भा नष्ट तथा डेंगी नियन्त्रणसम्बन्धी अभियान सञ्चालन गर्ने तयारी रहेको कार्यालयले जनाएको छ ।

चिकित्सकहरुका अनुसार डेंगी रोग डेंगी भाइरसबाट संक्रमित एडिज जातको लामखुट्टेको टोकाईबाट सर्छ। बढ्दो शहरीकरणसँगै प्लाष्टिकको अव्यवस्थित प्रयोग बढ्नुलाई डेंगी सङ्क्रमण बढ्नुको एक कारक मानिएको छ। प्रयोग गरेर फालिएका प्लाष्टिकका सामान, मोटर र साइकलका टायर,टिनका भाँडा र गमलाहरूमा जमेको पानीमा लामखुट्टेले अण्डा पार्छ।  आफ्नो घर वरिपरि,कार्यस्थल र सार्वजनिक ठाँउहरूमा पानी जम्न नदिन, पानी राख्ने भाँडालार्ई लामखुट्टे नछिर्ने गरी राम्ररी छोपेर राख्न र घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली लगाउँदा पनि लामखुट्टे छिर्न नपाई डेंगी संक्रमणबाट बच्न सकिने चिकित्सकहरुको सल्लाह छ।

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *