नेपाली बजारमा आज पनि सुन र चाँदी दुबै धातुको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला १३ हजार ४०० रुपैयाँ र चाँदीको मूल्य तोलामा ३०० रुपैयाँले घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८६ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । आईतबारको बजारमा सुनको मूल्य प्रतितोला ३ लाख रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदीको मूल्य तोलामा ३०० रुपैयाँले घटेको छ । आजको बजारमा चाँदी प्रतितोला ५ हजार २०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ । आईतबारको बजारमा चाँदी प्रतितोला ५ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

Similar Posts