कार्तिक १९ गते, बिहीबार, नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य उल्लेख्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ८८ हजार ९०० रुपैयाँ कायम भएको छ। बुधबार सुन प्रतितोला दुई लाख ७५ हजार ६०० रुपैयाँ कारोबार भएको थियो। सुनको मूल्यमा आएको यो तीव्र वृद्धिले गहना खरिद गर्ने उपभोक्ता तथा सुनचाँदी व्यवसायीलाई प्रभावित पारेको छ। सुनको मूल्यमा भएको वृद्धिसँगै बजारमा गहना खरिद गर्ने ग्राहकको चासो बढेको छ भने मूल्य महँगिएका कारण तत्काल खरिद गर्ने निर्णयमा उपभोक्ताहरू अन्योलमा परेका छन्।
त्यस्तै,चाँदीको मूल्य प्रतितोला तीन हजार ९२० रुपैयाँ कायम भएको छ। बुधबार चाँदी प्रतितोला तीन हजार ६५५ रुपैयाँ किनबेच भएको थियो।
