काठमाडौँ : त्रिभुवन विश्वविद्यालयका हरेक पदमा राजनीतिक भागबन्डा वर्षौंदेखि चलिरहेको छ । त्रिविले प्रतिस्पर्धाको आधारमा डिन नियुक्ति गर्ने भन्दै कार्यविधि पछ्याएको थियो । नियुक्ति प्रक्रिया पेचिलो बन्दै गएपछि प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले समेत पुस ७ गतेसम्म नियुक्ति गर्न उपकुलपति केशरजंग बराललाई निर्देशन नै दिनुपरेको थियो । तर सत्तारुढ एमालेले उक्त प्रक्रियामा प्रश्न उठाउँदै विरोध गरेपछि अन्ततः मेरिट मिचेर डिन नियुक्त गरियो । किनकि यसो गर्दा छनौटमा परेको तीनमध्ये एक छान्दा राजनीतिक भागबन्डा पूरा गर्न सकिने थियो । जहाँ जहाँ राजनीतिक स्वार्थ छ, त्यहाँ त्यहाँ छनौटमा परेका तीनबाट एक जना छानियो भने जहाँ जहाँ दलहरुको प्राथमिकता थिएन । ५ अध्ययन संस्थान र ३ संकायमा ८ जना डिन नियुक्तिमा पनि यसैको निरन्तरता देखियो । प्रतिस्पर्धाको आधारमा डिन नियुक्ति गर्ने भन्दै कार्यविधि बनाएर छनोट तथा सिफारिस समितिमार्फत दरखास्त आह्वान गरी प्रक्रिया अघि बढाएइए पनि नियुक्तिअघि सत्तारुढ दलको स्वार्थ सतहमा देखियो । रेक्टर खड्ग केसीले कार्यकारी परिषद्को बैठकले डिन नियुक्त गर्ने निर्णय गरेको बताए । बराल सिफारिस समितिले पहिलो नम्बरमा सिफारिस गरेकालाई डिन नियुक्त गर्नुपर्ने अडानमा उभिएका थिए । रेक्टर केसी लगायत कार्यकारीका सदस्यहरु सिफारिस परेका ३/३ जना मध्ये एक जनालाई नियुक्त गर्न सकिने पक्षमा थिए । विवाद बढेपछि ३ मध्ये एकलाई छनोट गर्दै डिन नियुक्त गरियो । त्यहाँ भने एक नम्बरमै परेकालाई डिन बनाइयो । नियुक्ति गर्दा दल निकट भनेर प्रस्ट नखुलेका एकसहित कांग्रेस निकट ३, एमाले/माओवादी निकट २/२ जना प्राध्यापक डिन नियुक्त भएका छन् ।