सरकारले यूट्युव र फेसबुक लगायत नेपालमा दर्ता हुन नआएका सामाजिक सञ्जाल बन्द गरेसँगै नेपालको सङ्घीय संसद्का बैठकहरूको प्रत्यक्ष प्रसारणमै समस्या पर्ने पनि देखिएको छ।  प्रतिनिधिसभा र राष्ट्रिय सभाको वेबसाइटमै बैठकहरूको प्रत्यक्ष प्रसारण हेर्नका लागि यूट्युबको लिङ्क राखिएको छ। सरकारले बिहीवारबाट यूट्युब बन्द गरेपछि संसद् सचिवालयले प्रत्यक्ष प्रसारणका लागि वैकल्पिक उपायको खोजी सुरु गरेको छ। राष्ट्रिय सभाको बैठक सोमवार र प्रतिनिधिसभाको बैठक बुधवारका लागि तय गरिएका छन्। “हामीसँग वैकल्पिक तयारीका लागि समय एकदमै थोरै छ। सकेसम्म हाम्रो वेबसाइटबाटै प्रत्यक्ष प्रसारण गर्न सकिन्छ कि भनेर गृहकार्य गर्दै भने। सङ्घीय संसद्का दुवै सदनका बैठकहरूको भिडिओको डिजिटल अभिलेख समेत यूट्युवमै राखिएको छ। सचिवालयका उपकरणहरूमा भिडिओको अभिलेख राखिएको भए पनि सर्वसाधारणको पहुँचमा हुने अभिलेख यूट्युबमा मात्रै रहेको प्रवक्ताले बताए। प्रधानमन्त्री कार्यालयबाटै सञ्चालित ‘हेलो सरकार’ ले टेलिफोन, इमेल सहित फेसबुक, ट्विटर, ह्वाट्स्याप सहितका सामाजिक सञ्जालबाट जनताका गुनासो सुन्ने र उजुरी लिने गरिरहेको थियो।उक्त कार्यालयको फेसबुक र ट्विटर दुई दिनदेखि निष्क्रिय छन्। सामाजिक सञ्जाल बन्द भएको विषयमा ‘हेलो सरकार’ मा गुनासो आइरहेको उनको भनाई थियो। “वैकल्पिक व्यवस्था नगरी यूट्युब बन्द हुँदा हाम्रो पढ्ने माध्यम नै भएन भन्ने गुनासो रातीबाटै हाम्रो टेलिफोनमा आइरहेको छ,” शुक्रवार उनले भने।

Similar Posts