कांग्रेस सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निजी निवासमा आक्रोशित समूहले आगजनी गरेको समाचार प्राप्त भएको छ। हालैको आन्दोलन र विरोध प्रदर्शनबीच उत्पन्न तनावकै क्रममा देउवा निवासलाई लक्षित गरेर तोडफोड तथा आगजनी गरिएको जनाइएको छ।  प्रदर्शनकारीले नेकपा एमालेको पार्टी कार्यालयमा आगजनी र तोडफोड गरेका छन् ।  ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा प्रदर्शनकारीले मंगलबार आगजनी र तोडफोड गरेका हुन् । सुरक्षाकर्मीहरूले तत्काल घटनास्थल नियन्त्रणमा लिन प्रयास गरे पनि केही भागमा क्षति पुगेको बताइएको छ। आगलागीका कारण घरको बाहिरी भागमा क्षति पुगेको तर ठूलो मानवीय क्षति भने नभएको प्रारम्भिक जानकारी आएको छ।

Similar Posts