१६ असोज, काठमाडौं : नेपालीहरुको महान चाड बडादशैंको आज मुख्य दिन, मान्यजनको हातबाट टीका र जमरा लगाएर मनाइँदै छ । टीका लगाउने उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । तर परिवार र आफन्त भेटघाटअनुसार दिनभरि नै टीका–जमरा लगाउन सकिन्छ । यो दिनलाई सद्भाव, एकता, आशिर्वाद र खुसी बाँड्ने दिन मानिन्छ । घर–घरमा मान्यजनको हातबाट रातो टीका, पहेंलो जमरा र दक्षिणा ग्रहण गरी छोटा–ठूला सबैले मंगलकामना आदानप्रदान गर्ने प्रचलन छ ।
