बिहीबार  नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन  सामान्य करेक्सन भएको नेप्से, यस दिन बढेर बन्द भएको हो। बिहीबार सेयर बजार परिसूचक नेप्से ९.२३ अंक बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २७१४ अंकमा कायम भएको छ । अघिल्लो दिन बजार ९.४३ अंक घटेको थियो । नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ।

बुधबार ८ अर्ब ९२ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३३२ स्टकको ९४ हजार १७४ पटकको कारोबारमा ९ अर्ब ७ करोड ३९ लाख ७८ हजार रुपैयाँबराबरको १ करोड ९० लाख ७५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन ४ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन एसवाई प्यानल नेपाल, त्रिशुली जलविद्युत कम्पनी, श्रीनगर एग्रीटेक इण्डष्ट्री र कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन एक्सेल डेभलपमेन्ट बैंकको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने रावा इनर्जी डेभलपमेन्टको शेयरमूल्य ९ प्रतिशत बढेको छ। कारोबारमा आएको कालिका पावर कम्पनीको शेयरमूल्य यस दिन सर्वाधिक ६.२५ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन आँखु खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४० करोड ८२ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन मञ्जुश्री फाइनान्सको करिब ३६ करोड रुपैयाँको शेयर कारोबार भएको छ भने एसवाई प्यानल नेपालको करिब ३३ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको छ।

Similar Posts