आज बिहीबार नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ । यस दिन सुन प्रतितोला ४ हजार ३०० रुपैयाँ र चाँदी तोलामा १८० रुपैयाँले बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन प्रतितोला ३ लाख ४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबारको बजारमा सुन प्रतितोला ३ लाख ४०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य भने तोलामा १८० रुपैयाँले बढेको छ । आजको बजारमा चाँदी प्रतितोला ५ हजार ६० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । बुधबारको बजारमा चाँदी तोलाको ४ हजार ८८० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
