काठमाडौं: केबीए ग्लोबल प्रा.लि.को आयोजनामा हुन लागेको गोल्डेन गेट इन्टरनेशनल कलेज केबीए ग्लोबल क्रिकेट क्ल्यास २०२६ को औपचारिक मिडिया डे तथा प्रेस मिट आज काठमाडौंस्थित आर्याल होटलमा भव्य रूपमा सम्पन्न भएको छ। प्रेस मिटसँगै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भई अब खेलतर्फको यात्रा औपचारिक रूपमा अघि बढेको आयोजकले जनाएको छ।

प्रेस मिटमा प्रतियोगिताको उद्देश्य, ढाँचा, नियम, खेल तालिका तथा सहभागी टिमहरूको विवरण सार्वजनिक गरिएको थियो। प्रतियोगिताका मुख्य खेलहरू फेब्रुअरी २४ र २५, २०२६ मा वन डे क्रिकेट एकेडेमीमा आयोजना हुनेछन्। प्रतियोगितामा १२ वटा अन्तर–कलेज टिमहरूको सहभागिता रहनेछ। जस मध्य Liverpool College, CCRC, Pentagon College, NASA College, Golden Gate International College, Reliance College, Grammar College, Himalayan College, Manaslu College, Pinnacle College, Bridge Water College र Chanakya College रहेको छन्।
कार्यक्रममा केबीए ग्लोबलका बिजनेस डेभलपमेन्ट म्यानेजर बिनोद दाहाल उपाध्याय ले प्रतियोगिता युवाहरूका लागि खेल, नेतृत्व र अनुशासन विकास गर्ने साझा मञ्च भएको उल्लेख गर्नुभयो।

टाइटल स्पोन्सर गोल्डेन गेट इन्टरनेशनल कलेज का निर्देशक रोहित पौडेल ले शिक्षा र खेलकुदबीचको सहकार्यले विद्यार्थीहरूको समग्र व्यक्तित्व विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।

त्यसैगरी, पावर्ड बाई स्पोन्सर टेकस्पायर कलेज का Chief Skill Development Officer विजय बाबु रेग्मी ले सीप विकास, नेतृत्व निर्माण र प्रतिस्पर्धात्मक सोच विकासमा खेलकुदको योगदानबारे धारणा राख्नुभयो।

प्रेस मिटमा प्रतियोगितालाई साथ दिइरहेका विभिन्न साझेदार संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
बैंकिङ पार्टनर कुमारी बैंक लिमिटेड की प्रतिनिधि सम्झना राना, मिडिया पार्टनर जुपिटर मिडिया का प्रतिनिधि सुनिल आचार्य तथा हिमालयन टेलिभिजन का प्रतिनिधि शम्भु गुरागाईं कार्यक्रमस्थलमा उपस्थित रहनुभएको थियो।

त्यसैगरी, डिजिटल पार्टनर चेइरे डिजिटल, ट्राभल पार्टनर आर्या ट्राभल, फिटनेस पार्टनर फिट एण्ड स्पेक्ट्रम तथा खाजा पार्टनर हार्दिक होटल एण्ड रेस्टुरेन्ट का प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो।

प्रेस मिटको मुख्य आकर्षणका रूपमा प्रतियोगिताको आधिकारिक ट्रफी सार्वजनिक गरिएको थियो, जसले खेल भावना, एकता र उत्कृष्टताको प्रतीक प्रतिनिधित्व गर्ने आयोजकले जनाएको छ।
कार्यक्रमको अन्त्यमा मिडिया प्रतिनिधिहरूसँग खुला प्रश्नोत्तर तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको थियो।

प्रेस मिट सम्पन्न भएसँगै अब खेलप्रेमीहरूको ध्यान फेब्रुअरी २४ र २५ मा वन डे क्रिकेट एकेडेमीमा हुने प्रतिस्पर्धात्मक खेलहरूतर्फ केन्द्रित भएको छ।

Similar Posts