काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज दोस्रो पटक सर्किट ब्रेक लागेपछि कारोबार ४० मिनेटका लागि स्थगित गरिएको छ। बजार खुलेको केही समयमै सूचक तीव्र गतिमा बढेपछि दोस्रो सर्किट ब्रेक लागू गरिएको हो। नेप्से सूचक ४ प्रतिशतले बढेपछि नियमअनुसार दोस्रो सर्किट ब्रेक लाग्दै कारोबार अस्थायी रूपमा रोकिएको हो। सर्किट ब्रेक लागेपछि बजार ४० मिनेटसम्म स्थगित हुने व्यवस्था छ। आज बजारमा लगानीकर्ताको उच्च उत्साह देखिएको छ। विभिन्न कम्पनीहरूको सेयर मूल्यमा उल्लेख्य वृद्धि भएपछि समग्र सूचक तीव्र रूपमा उकालो लागेको हो। बैंकिङ, जलविद्युत्, विकास बैंक तथा अन्य उपसमूहका अधिकांश कम्पनीहरूको सेयर मूल्य बढेको देखिएको छ। नेप्सेको नियमअनुसार एकै दिनमा सूचक ४ प्रतिशत, ५ प्रतिशत र ६ प्रतिशतले बढ्दा वा घट्दा क्रमशः पहिलो, दोस्रो र तेस्रो सर्किट ब्रेक लाग्ने व्यवस्था छ। पहिलो सर्किट ब्रेक लाग्दा २० मिनेट र दोस्रो सर्किट ब्रेक लाग्दा ४० मिनेटका लागि कारोबार रोकिन्छ। बजारमा सकारात्मक माहोल देखिएसँगै लगानीकर्ताको सक्रियता पनि बढेको देखिएको छ। दोस्रो सर्किट ब्रेकपछि निर्धारित समयपछि पुनः कारोबार खुल्ने नेप्सेले जनाएको छ।

Similar Posts