फंगल इन्फेक्सन भनेको छालामा हुने संक्रमण हो, जुन सूक्ष्मजीवले उत्पन्न गर्छ। यो शरीरको नमीयुक्त भागहरू (जस्तै: बगली, गुप्तांग, खुट्टाको औंलाबीच, आदि) मा बढी देखिन्छ।छाला चिलाउने, छाला रातो हुने, छालामा गोलो रिङ हुने, छाला उप्किने, पानीका फोका जस्तो घाउ आउने, घाउमा सेतो पाप्रा जम्ने,औँलाको काप सुन्निने।गर्मीमा छालाका रोगहरू पनि लाग्छन्। सबैभन्दा ठूलो जोखिम फंगल संक्रमणबाट हुन्छ। यो संक्रमण जुनसुकै उमेरमा हुन सक्छ र यदि उपचार गरिएन भने, यो शरीरको लागि खतरनाक हुन सक्छ।फंगल संक्रमण फैलिन सक्छ। जुन छालाको लागि राम्रो होइन। गर्मीयाममा घाम र धुलोका कारण यो रोगको जोखिम अझ बढ्छ। फंगल संक्रमण किन हुन्छ? यसलाई कसरी रोक्ने भन्ने बारे विज्ञहरूबाट जानौं।
छाला रोग विशेषज्ञका अनुसार गर्मीमा तीव्र घाम र पसिनाको कारणले फंगल संक्रमण हुन्छ। गर्मीमा हामीलाई पसिना आउँछ र त्यो लुगामा टाँसिन्छ। यसका कारण त्यहाँ फंगस बढ्छ र केही ब्याक्टेरिया पनि आउँछन्। गर्मी महिनामा पसिना धेरै आउने हुँदा यो समस्या देखिन्छ। गर्मीमा चिपिक्क परेको लुगा लगाउने, धेरै बेरसम्म जुत्ता लगाइराख्ने र मोटा मान्छेलाई यो समस्या धेरै देखिन्छ। शरीरको कापकापमा धेरै बेरसम्म पसिना आइराख्यो भने पनि यो समस्या हुन्छ। डाइपर लगाउने बच्चामा पनि डाइपर लगाउने भागमा काछ लाग्नेगर्छ। मोटो बच्चाकामा घाँटीमा यस्तो समया बढी देखिन्छ। गर्मीमा फंगल संक्रमणसँगै छालाको संक्रमणको जोखिम पनि हुन्छ। यसले छालामा दाग देखिने, लगातार चिलाउने र सेतो तह बन्ने जस्ता समस्याहरू निम्त्याउन सक्छ।
बच्ने उपाय
– गर्मी महिनामा नुहाएपछि राम्ररी पुछेर शरीर सुख्खा राख्ने
– गर्मी महिनामा सुतीको हल्का लुगा लगाउने
– शरीर ओसिलो हुनबाट जोगाउने
– पसिना धेरै आउन नदिने र शरीर गुम्स्याएर नराख्ने
– बजारमा जथाभावी पाइने औषधि नलगाउने
– जुत्ता धेरै दिनसम्म एउटै नलगाउने, जहिले पनि सुतीको मोजा लगाउने
– धेरै पसिना आउनेले एन्टिफंगल पाउडर र साबुनको नियमित प्रयोग गर्ने।
– विशेष गरी पसिना धेरै आउने भाग राम्रोसँग सुकाउने
– टाइट र सिन्थेटिक कपडाले नमी बढाउँछ।
– लामो समय भिजेको लुगा लगाउँदा संक्रमणको खतरा बढ्छ।
– दैनिक नुहाउने र राम्रोसँग छाला सफा गर्ने।
– संक्रमण भएको ठाउँमा औषधीय क्रीम वा पाउडर लगाउने।
– तौलिया, लुगा, जुत्ता जस्ता सामान अरूसँग साझा नगर्ने
– रोग प्रतिरोधी क्षमता बढाउन स्वस्थ भोजन (प्रोटिन, भिटामिनयुक्त खाना) खाने।
– गन्ध आउने वा भिजेको जुत्ता/मोजा नलगाउने।