प्रधानमन्त्री मोदीले देशको आर्थिक अवस्था सुदृढ बनाउन नागरिकलाई अनावश्यक रूपमा सुन खरिद नगर्न तथा विदेश भ्रमणमा अत्यधिक खर्च नगर्न आग्रह गरेका छन्। उनले स्वदेशी उत्पादनको प्रयोग बढाउन र देशभित्रै लगानी तथा खर्चलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका हुन्।

प्रधानमन्त्री मोदीले भारतको विदेशी मुद्रा सञ्चिति, व्यापार घाटा तथा आयातमा निर्भरता कम गर्न नागरिकको भूमिकासमेत महत्वपूर्ण हुने बताएका छन्। विशेषगरी सुन आयातका कारण ठूलो मात्रामा विदेशी मुद्रा बाहिरिने भएकाले आवश्यकताभन्दा बढी सुन खरिद नगर्न उनले आग्रह गरेका हुन्।

त्यसैगरी, विदेश भ्रमणमा हुने अत्यधिक खर्चले पनि देशको अर्थतन्त्रमा दबाब पर्ने उल्लेख गर्दै उनले सम्भव भएसम्म स्वदेशमै पर्यटन प्रवर्द्धन गर्न आह्वान गरे। भारतका विभिन्न राज्य तथा पर्यटकीय गन्तव्यको भ्रमण गर्न प्रोत्साहन दिँदै उनले आन्तरिक पर्यटनले रोजगारी र आर्थिक गतिविधि बढाउने बताए।

मोदीको यो अभिव्यक्ति भारतमा बढ्दो आयात खर्च, विश्वव्यापी आर्थिक अनिश्चितता तथा मुद्रा सन्तुलनलाई लिएर भइरहेको बहसबीच आएको हो। आर्थिक विश्लेषकहरूले भने यस्तो अपिलले केही हदसम्म जनचेतना बढाउन सहयोग पुग्ने भए पनि दीर्घकालीन समाधानका लागि उत्पादन वृद्धि, निर्यात विस्तार र आर्थिक सुधार आवश्यक पर्ने बताएका छन्।

१० मे २०२६ मा प्रधानमन्त्री नरेन्द्र मोदीले देशका नागरिकसँग सुन नकिन्न र विदेश भ्रमण नगर्न अपिल गरे । योसंगै भारतीय अर्थतन्त्रमा अहिलेसम्मकै सबैभन्दा ठूलो हलचल देखिएको छ । अर्थतन्त्रका सबै सूचकहरुमा नकारात्मक असर पर्न सक्ने संकेत देखिएका छन् ।

मोदीको अपील यस्तो समयमा आएको छ, जब भारतको विदेशी मुद्रा भण्डार ६९०.६९ अर्ब डलरमा झरेको छ । डलरको तुलनामा भारतीय रुपैयाँ ९५.६३ डलरमा पुगेको छ । रुपैयाँ इतिहासकै सबैभन्दा कमजोर बनेको छ । कच्चा तेलको मूल्य प्रति ब्यारेल १०५ डलरभन्दा माथि पुगेको छ, शेयर बजार अनिश्चित देखिएको छ । मूल्यवृद्धि बढ्दो छ ।

भारतमा हरेक वर्ष करिब ८०० टन सुन खपत हुन्छ, जबकि सुन उत्पादन करिब २ टन मात्र हुन्छ । बाँकी सबै सुन बाहिरबाट आयात गर्नुपर्ने हुन्छ । गत वर्ष भारतले करिब ७२ अर्ब डलर बराबरको सुन विदेशबाट खरिद गरेको थियो । सुन किन्नु भनेको डलर बाहिर जानु हो । रुपैयाँ कमजोर हुनु हो ।

जब रुपैयाँ कमजोर हुन्छ, तब बाहिरबाट सामान किन्न झनै महंगो हुन्छ । यसले मुद्रास्फीति बढ्ने जोखिम निम्त्याउँछ । अहिले त्यही भइरहेको छ । मोदीले यही अवस्था नियन्त्रण गर्नको लागि सुन्न नकिन्न जनतासँग अपिल गरेका हुन् भन्ने बुझ्न कठिन छैन् ।

मोदीको अपिल अनुसार भारतीयहरुले एक वर्षसम्म सुन नकिने के हुन्छ ? विदेशी मुद्रा बचत हुनेछ, तर अर्थव्यवस्थाका धेरै महत्त्वपूर्ण भागहरूमा माग अचानक घट्नेछ । यसले रोजगारी, व्यवसाय र देशको विकास दर अर्थात कूल गार्हस्थ उत्पादन (जीडीपी) वृद्धिमा प्रत्यक्ष प्रभाव पार्न सक्छ ।

रत्न र गहना निर्यात प्रवर्द्धन परिषद (जीजेईपीसी)का अनुसार भारतमा सुन र गहनाजन्य लगभग ३ लाख व्यवसायीक कम्पनी, फार्महरु छन् । तीमध्ये अधिकांश साना तथा मझौला उद्यम चलाइरहेका व्यवसायीहरु छन् ।

शेयर बजार र लगानीकर्ताको विश्वास प्रधानमन्त्रीको अपिलपछि शेयर बजारले निकै नकारात्मक प्रतिक्रिया जनायो, जसले लगानीकर्ताको मनमा आर्थिक मन्दी आउने डर रहेको देखाउँछ ।

मोदीको अपील लगत्तै प्रमुख गहना कम्पनीहरूको शेयर तीव्र रूपमा घटेको छ। टाइटन कम्पनी ५.३४%, कल्याण ज्वेलर्समा ७.४३%, सेन्को गोल्डमा ८.९८% र पीसी ज्वेलर्समा ३.८९% ले गिरावट आएको छ । यदि भारतीयहरुले एक वर्षसम्म सुन किनेनन भने ती कम्पनीहरु मात्र होइन, अरु धेरै कम्पनीहरु टाट पल्टिन सक्छन ।

Similar Posts