नेपाल प्रहरी अन्तर्गत प्रहरी बृत लैनचौर, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र, काठमाडौं महानगरपालिका वडा नं. १६, १७ र २६ ठमेलको संयुक्त आयोजनामा बाल यौन बेचबिखन विरुद्ध सचेतनामूलक साइकल र्‍याली सम्पन्न गरिएको छ। बालबालिकामाथि हुने यौन शोषण, हिंसा तथा बेचबिखन विरुद्ध जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित उक्त र्‍यालीमा प्रहरी कर्मचारी, स्थानीय जनप्रतिनिधि, समाजसेवी, विद्यार्थी तथा सर्वसाधारणको उत्साहजनक सहभागिता रहेको थियो।

र्‍याली ठमेल क्षेत्रका विभिन्न स्थानहरूको परिक्रमा गर्दै सम्पन्न भएको थियो। सहभागीहरूले बाल यौन बेचबिखन रोकथाम, बाल अधिकार संरक्षण तथा सुरक्षित समाज निर्माण सम्बन्धी सन्देश बोकेका प्लेकार्डसहित सडकमा उत्रिएर जनचेतना फैलाएका थिए। कार्यक्रममा बोल्दै आयोजकहरूले बालबालिकाको सुरक्षा सबैको साझा दायित्व भएको उल्लेख गर्दै यस्ता सामाजिक अपराध नियन्त्रणका लागि समुदाय, प्रहरी र सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेको बताएका छन्। प्रहरी बृत लैनचौरले समुदायसँगको सहकार्यलाई थप मजबुत बनाउँदै यस्ता सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

Similar Posts