विदेश मन्त्रालयका प्रवक्ताले खसोखासलाई दिएको जानकारी अनुशार केही दिनमा नै अमेरिकी विदेश मन्त्रालयले आफ्नो वेबसाइट र फेडरल रजिस्टरमा यसबारे सुचना प्रकाशित गर्ने तयारी गरिरहेको छ । डिभी लोटरी २०२६ अक्टोबरको सुरुमा खुल्ने भएको छ ।  उक्त सुचनामा डिभी भर्ने मिति, योग्यताहरु, योग्य देशहरुको सूची लगायतका विवरणहरु समावेश गरिनेछ ।

डिभी लोटरी भर्न पासपोर्ट अनिवार्य गर्ने ट्रम्पकालिन नियम अमेरिकी विदेश मन्त्रालयले पुन ल्याउने योजना बनाएपनि यो नियम अक्टोबरमा खुल्ने डिभीमा भने लागु नहुने भएको छ । यो नियम सुरुमा गत फेब्रुअरीमा ल्याउने योजना बनाइएपनि अब यो नियम आगामी डिसेम्बरमा मात्र प्रस्तावित नियमका रुपमा ल्याइने भएको छ । अमेरिकी विदेश मन्त्रालयले डाइभर्सिटी भिसाका नियमहरूमा संशोधन प्रस्ताव गर्ने योजना बनाएको हो, जसमा आवेदकहरूले अनलाइन डिभी लोटरी भर्दा वैध, म्याद समाप्त नभएको पासपोर्टको जानकारी प्रदान गर्न आवश्यक हुनेछ।

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *