यस वर्षको हिउँद याममा तापक्रम बढ्न सक्ने पूर्वानुमान गरेका अधिकारीहरूले आगामी तीन महिनामा सरदरभन्दा बढी वर्षा हुने आकलन गरेका छन्। जल तथा मौसम विज्ञान विभागले अक्टोबरदेखि डिसेम्बर महिनासम्मको मौसमको प्रक्षेपण गरेको छ। उक्त प्रक्षेपणअनुसार अधिकांश भूभागमा अधिकतम र न्यूनतम तापक्रम दुवै सरदरभन्दा बढी हुने छ। गत वर्ष पनि नेपालभरि वार्षिक औसतभन्दा बढी अधिकतम र न्यूनतम तापक्रम मापन गरिएको थियो। अधिकारीहरूले जलवायु परिवर्तनका कारण यस्तो प्रवृत्तिले निरन्तरता पाइरहेको जनाएका छन्।

 वर्षको मनसुन बहिर्गमन हुने समय लम्बिएकाले असोज १५ गतेदेखि पुस १६ सम्म सरदरभन्दा बढी वर्षा हुने अनुमान गरिएको हो। यो प्रक्षेपणका अनुसार नेपालका अधिकांश भूभागमा अधिकतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना छ। विभागले निकालेको सूचनाअनुसार कोशी प्रदेशको उत्तरी भूभाग, मधेश प्रदेशको पश्चिमी भूभाग, बागमती प्रदेशको पूर्वी र दक्षिणी भूभाग, गण्डकी प्रदेशको मध्य तथा पश्चिमी भूभाग, लुम्बिनी प्रदेशको मध्य तथा पूर्वी भूभाग र कर्णाली प्रदेशको पूर्वी तथा उत्तरी भूभागमा सरदरभन्दा बढी तापक्रम हुने सम्भावना ४५ देखि ५५ प्रतिशत छ। कोशी प्रदेशको मध्यभूभाग, मधेश प्रदेशको पूर्वी भूभाग र बागमती प्रदेशको उत्तरी भूभागमा अधिकतम तापक्रम सरदर रहने सम्भावना ३५ देखि ४५ प्रतिशत छ। न्यूनतम तापक्रमको आकलन गर्दै विभागले सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशका पश्चिमी भूभाग र लुम्बिनी प्रदेशका पश्चिमी भूभागमा अधिकतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको छ। कर्णाली प्रदेशको पूर्वी भूभाग, लुम्बिनी प्रदेशको मध्यभूभाग, गण्डकी प्रदेशका मध्य तथा पश्चिम भूभाग, गण्डकी प्रदेशको मध्य तथा उत्तरी भूभाग, बागमती प्रदेशको अधिकांश भूभाग, मधेश प्रदेशको पूर्वी भूभाग र कोशी प्रदेशमा अधिकतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ४५ देखि ५५ प्रतिशत छ।

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *