६ कात्तिक, काठमाडौं । नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज भाइटीका मनाइँदैछ । आज भाइटीका — दाजुभाइ र दिदीबहिनीबीचको प्रेम, स्नेह र आशीर्वादको पवित्र पर्व। उत्तम साइत बिहान ११:३९ बजे तय गरिएको छ।

यस दिन दिदीबहिनीहरूले दाजुभाइको दीर्घायु, सुख, समृद्धि र स्वास्थ्यको कामना गर्दै टीका–माला लगाउँछन्, र दाजुभाइहरूले पनि आफ्ना दिदीबहिनीलाई उपहार तथा आशीर्वाद प्रदान गर्छन्।  “यस भाइटीकाले सबै दाजुभाइ र दिदीबहिनीबीचको सम्बन्ध अझ प्रगाढ होस्,  जीवनमा सधैं सुख, स्वास्थ्य र समृद्धि रहोस्!” 🌸

Similar Posts