काठमाडौं : सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि आज संघीय संसद्को संयुक्त बैठकमार्फत वार्षिक बजेट प्रस्तुत गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले शुक्रबार अपराह्न ४ बजे संसद्मा बजेट भाषण गर्दै नयाँ आर्थिक वर्षको आय–व्यय विवरण सार्वजनिक गरेका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको वर्तमान सरकारको यो पहिलो बजेट भएकाले यसलाई विशेष चासोका साथ हेरिएको छ । सरकारले बजेटमार्फत आर्थिक सुधार, रोजगारी सिर्जना, निजी क्षेत्रको प्रवर्द्धन, वित्तीय अनुशासन तथा विकास खर्चलाई प्राथमिकतामा राखेको जनाएको छ ।
