न्युयोर्क : प्रधानमन्त्री केपी शर्मा ओली र बंगलादेशका प्रमुख सल्लाहकार मोहम्मद युनुसबीच बुधबार न्युयोर्कमा भेटवार्ता भएको छ । न्युयोर्कमा जारी संयुक्त राष्ट्र संघको ७९औं महासभामा भाग लिन आएका दक्षिण एसियाका दुवै सरकार प्रमुखबीचमा पहिलो पटक साइडलाइनमा द्विपक्षीय भेटवार्ता भएको हो  । न्युयोर्कस्थित राष्ट्र संघका लागि नेपालको स्थायी नियोगका अनुसार ओली र युनुसबीचको छलफल ऊर्जा तथा पारवहन सहयोग, पर्यटन, सांस्कृतिक आदान–प्रदान, शैक्षिक सम्बन्ध तथा क्षेत्रीय–अन्तर्राष्ट्रिय फोरमहरूमा सहकार्यमा केन्द्रित रहेको जनाएको छ ।

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *